काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको आसन्न महासमिति बैठकमा १५ बुँदे संकल्प पेश गर्ने तयारी गरेका छन् । विभिन्न जिल्ला र क्षेत्रका महासमिति सदस्हरुसँग छलफल तथा विचार विमर्शमार्फत आफूले पार्टीलाई आमूल परिवर्तनको लागि संकल्प प्रस्ताव तयार गरेको शाहीले जनाएका छन् ।
उनले पार्टीलाई व्यक्तिले नभएर साझा र सामूहिक भावनाअनुसार चलाउनुपर्ने, सत्ताकेन्द्रित नभएर जनता केन्द्रित बनाउनुपर्ने भनेर वकालत गर्दै आएका छन् । यीनै विषय समावेश गरेर उनले संकल्प प्रस्ताव तयार पारेको पनि शाहीले जनाएका छन् ।
यस्तै, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रणाली परिवर्तन, सङठनको ढाँचा, नागरिकका सवाल, पार्टीमा सामूहिक निर्णय र समान अवसरका विषयपनि उक्त संकल्प प्रस्तावमा समावेश गरिने उनले जनाए । संकल्प प्रस्ताव तयार पार्न लागिएकोबारे शाहीले फेशबुकमार्फत जानकारी गराएका छन् । उनले लेखेका छन्-