Logo

यू–१९ विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै



काठमाडौं, माघ २८ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ ।

सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दा अस्ट्रेलियाले पाकिस्तानलाई स्तब्ध बनाएको थियो । भारतले हालसम्म पाँचपटक यू–१९ विश्वकपको उपाधि जितेको छ ।

त्यस्तै, अस्ट्रेलियाले हालसम्म तीन पटक उपाधि जितेको । यू–१९ विश्वकपमा अहिलेसम्म भारत र अस्ट्रेलिया दुईपटक उपाधि भिडन्त गर्दा दुवैपटक भारत विजयी भएको इतिहास छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot