Logo

अग्रगामी वैकल्पिक शक्ति निर्माणको सम्भावनाबारे रेशमसँग बाबुरामको विमर्श



काठमाडौं, २८ माघ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीसँग भेट गरेका छन् । सो भेटमा अग्रगामी वैकल्पिक शक्ति निर्माणका चूनौति र सम्भावनाबारे गम्भीर विमर्श भएको भट्टराईले जनाएका छन् ।

रेशमसँगको भेटको तस्विर सार्वजनिक गर्दै बाबुरामले लेखेका छन्–‘नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसंग अग्रगामी वैकल्पिक शक्ति निर्माणका चुनौति र सम्भावनावारे गम्भीर विमर्श ।’ यसअघि रेशमले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका छन् । पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका चौधरीले पछिल्लो समय राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्