Logo

पल्सर स्पोर्ट्स अवार्डः देव खनाल युवा वर्ष खेलाडी घोषित



काठमाडौं, २८ माघ । देव खनाल युवा वर्ष खेलाडी घोषित भएका छन्। नेपाललाई आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पुर्‍याउन सफल खनाललाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं संस्करणमा युवा वर्ष खेलाडी घोषित गरिएको हो।

आज (आइतबार) नेपाल खेलकुद पत्रकार मञ्च काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर खनालाई युवा वर्ष खेलाडीको अवार्ड दिने घोषणा गरेको हो । युवा वर्ष खेलाडीको शीर्ष तीनमा क्रिकेटबाट खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुस्मा तामाङ परेका थिए । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot