Logo

उत्कृष्ट प्रशिक्षको अवार्ड एथलेटिक्सका चन्द्रबहादुर गुरुङलाई



काठमाडौं, २८ माघ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा उत्कृष्ट प्रशिक्षको अवार्ड एथलेटिक्सका चन्द्रबहादुर गुरुङले पाएका छन् ।

आज (आइतबार) काठमाडौंमा भएको अवार्ड घोषणा कार्यक्रममा उनलाई उत्कृष्ट प्रशिक्षक घोषित गरिएको हो । उनले दीपक महर्जन (बक्सिङ) र जगत टमटा (क्रिकेट) लाई पछि पार्दै उपाधि हात पारे । विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार दिइनेछ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot