Logo

क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता, धामीले लिए डेब्यु खेलमै विकेट



माघ २९ । क्यानडाविरुद्ध जारी खेलमा नेपाललाई पहिलो सफलता हासिल गरेको छ। टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको नेपालले क्यानडाका आरोन जोनसनलाई आउट गरेको हो।

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा जोनसनलाई नेपालका हेमन्त धामीको बलमा देव खनालले क्याच आउट गरेका हुन्। धामीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमै विकेट लिएका हुन्। उनले खेलको तेस्रो ओभरमा आरोन जोनसनलाई आउट गरेका छन्।

हालसम्मको अवस्थामा ५ ओभरको खेल सकिँदा क्यानडाले १ विकेट गुमाएर १५ रन बनाएको छ।



प्रतिक्रिया दिनुहोस्