Logo

क्यानडाविरुद्ध भीम सार्कीको अर्धशतक, जित नजिक पुग्यो नेपाल



काठमाडौं । तेस्रो एकदिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपाल जवाफी ब्याटिङ गरिरहेको छ । जवाफी ब्याटिङमा रहेको नेपालका लागि भीम सार्कीले पनि अर्धशतक हिर्काएका छन् ।

भीमले ७८ बलमा ५ चौकासहित ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । भीमको यो ओडीआई करिअरको चौथो अर्धशतक हो । पछिल्लो पटक भीमले विश्वकप छनोट जिम्बावेमा अमेरिकाविरुद्ध ७७ रनको अविजित इनिङ खेलेका छन्। त्यो नै भीमको ओडीआई करिअरको उच्च प्रदर्शन हो । योसँगै भीम र अनिलबीच दोस्रो विकेटका लागि शतकीय साझेदारी पनि पूरा भएको छ ।

ताजा अवस्थामा नेपालले ३१ ओभरमा १ विकेट गुमाएर १४७ रन जोडेको छ । नेपालको क्रिजमा अनिल साह ७६ र भीम सार्की ५२ रन बनाएर खेलिरहेका छन् ।

यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ।

फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।

कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot