Logo

दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा शक्ति प्रदर्शन



काठमाडौं, फागुन १ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत बिभिन्न गतिविधि गर्दै आएका प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुन लागेको हो ।

टुँडीखेलमा कार्यक्रम गर्न चाहेका प्रसाईँलाई प्रशासनले त्यहाँ ठाउँ उपलब्ध नगराएपछि भृकुटीमण्डपमा कार्यक्रम गर्न लागिएको छ । गत मंसिर ७ को कार्यक्रममा चक्रपथभित्र कार्यक्रम गर्न नपाएका प्रसाईंले यसपटक भृकुटीमण्डपमा कार्यक्रम गर्न लागेका हुन् ।

राजावादी र हिन्दुवादीहरूको नैतिक समर्थन रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाईंले प्रचार गरेपनि उनी भने नआउने भएका छन् । पूर्वराजा एक साताका लागि चितवन गएका छन् । अभियानले सहभागीलाई भृकुटीमण्डपसम्म पुग्नका लागि ७ वटा रुट तय गरेको छ।



प्रतिक्रिया दिनुहोस्