Logo

माल्दिभ्सविरुद्ध नेपालको १०० रन पूरा



काठमाडौं,१ फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभसविरुद्ध ब्याटिङ गरिरहकेो छ । टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालले राम्रो प्रदर्शन गरिरहेको छ ।

ताजा अवस्थामका नेपालले १२ ओभरमा ४ विकेट गुमाएर १०४ रन जोडेको छ । ेनपालको क्रिजमा अहिले रुविना क्षेत्री ३८ तथा पूजा महतो २१ रन बनाएर खेलिरहेका छन् ।

समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ । सुरुआती दुवै हारका साथ माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको हुँदा नेपालसँगको खेल प्रतिष्ठाका लागिमात्रै हुनेछ ।



प्रतिक्रिया दिनुहोस्