Logo

मधेश पुगेर जनयुद्ध दिवस मनाएका प्रभु साहले खोजे दलतन्त्रको विकल्प, उपेन्द्रमाथि गम्भीर आरोप



काठमाडौं, १ फागुन । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको दलतन्त्रको कारण मुलुक कठिन अवस्थाबाट गुज्रिनुपरेको टिप्पणी गरेका छन् । जनयुद्ध दिवसको अवसरमा आज (मंगलबार) पार्टीले मधेश प्रदेशको वीरगञ्जमा ‘दलतन्त्रको उपहार : नेपालीहरु विदेशमा मर्ने र विदेशीहरु नेपालमा काम गर्ने’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सो अवसरमा अध्यक्ष साहले नेपालको दक्ष जनशक्ति रोजगारीको लागि विदेशिएको अवस्थामा नेपालका उद्योगमा विदेशीहरुको भरिभराउ हुनु दुःखद् स्थिति भएको बताए । उनले भने,‘एकातिर देशमा रोजगारी नपाएर नेपालीहरु विदेशमा मरिरहेका छन भने अर्कोतिर नेपालका अधिकांश उधोगमा विदेशी कामदार भरिनु दुःखद् स्थितिलाई आजको अन्तरक्रियामार्फत उजागर गरी देशको यी र यस्ता विविध वर्तमान संकटहरुको समाधान÷निराकरणको आधार तय गर्ने विश्वास लिएको छु’।

आम श्रमजीवी जनतालाई यस्तो पीडादायक अवस्थामा पुर्याउने दलतन्त्रको विकल्प खोज्ने बेला आएको पनि उनको भनाई छ । उनले भने,‘किसान र मजदुरको रगत तथा पसिनाबाट उदाएको माओवादी नेतृत्वको सरकारमा यस्तो कहालिलाग्दो अवस्था निर्माण हुनू दुखद एवं दुर्भाग्यपूर्ण विषय हो । त्यसैले पथभ्रष्ट गद्दारहरुलाई बहिष्कार गरौं ! महान जनयुद्ध दिवसको सम्मान गरौँ भन्ने मुल निश्कर्षलाई आत्मसात गरेर अगाडि बढ्न सम्पूर्ण देशभक्त जनतामा हार्दिक अपिलसहित जनयुद्ध दिवसको सबैमा सार्थक शुभकामना व्यक्त गर्दछु ।’

अध्यक्ष साहले मधेश यसरी पछि पर्नुको कारण पनि सुनाए । उनले अहिलेसम्म मधेशमा सत्ताको नाममा राज गरेकाहरुले नै मधेश र मधेशी जनतामाथि धोका दिएको आरोप लगाए । उनले उपेन्द्र यादवको कारण आज मधेश उजाड भएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्