Logo

वाईसीएल नेपालद्वारा आयोजित ‘डिजिटल वक्तृत्वकला’ का विजेतालाई पुरस्कार वितरण



काठमाडौँ, १ फागुन । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालद्वारा आयोजित ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका छन् ।

वाईसीएल नेपालको उपभोक्ता हकहित संरक्षण विभागले जनयुद्ध दिवसका अवसरमा ‘जनयुद्धका उपलब्धि’ शीर्षकमा खुल्ला ‘डिजिटल वक्तृत्वकला’ आयोजना गरेको थियो । उक्त प्रतियोगितमा विजयी भएकाहरुलाई आज २९औं जनयुद्ध दिवसका अवसरमा पुरस्कार प्रदान गरिएको हो ।

प्रतियोगितामा प्रथम भएकी आशा उपरकोटीले ५५ हजार, द्वितीय स्थान हासिल गर्न सफल सिलु क्षत्रीले ३५ हजार र तृतीय स्थान प्राप्त गरेकी सम्झना राईलाई २० हजार नगद र प्रमाणपत्रसहित प्रधानमन्त्रीले सम्मान गरेका थिए ।

फरक क्षमता भएकी आइतमायस तामाङलाई १० हजार, अवधि भाषामा भिडियो पठाएका इफरन अली र मैथिली भाषा भिडियो पठाएका रुपम कर्णलाई प्रोत्साहनस्वरुप ५÷५ हजार, निरुता ओलीलाई सर्वाधिक रुचाइएको आधारमा १० हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगीहरुले पठाएका भिडियोहरुमा फेसबुक पेजमा आएको लाइक, कमेन्ट, शेयर र भ्युज, विषयवस्तु र प्रस्तुति कलासमेतलाई आधार माने मूल्याङ्न गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्