Logo

जनयुद्ध दिवसको अवसरमा वाईसीएल पर्साद्वारा मानव सेवा आश्रममा फलफुल वितरण



काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) ले जनयुद्ध दिवसको अवसरमा वीरगन्जस्थित मानव सेवा आश्रममा फलफुल वितरण गरेको छ । वाईसीएल पर्साले २९ औं जनयुद्ध दिवसको अवसरमा मानव सेवा आश्रम वीरगन्ज शाखाको संरक्षणमा रहेका असहाय र असक्तहरुलाई फलफुल वितरण गरेको हो ।

वाईसीएल पर्साका संयोजक दिपेन्द्र सिंह पटेलको नेतृत्वमा मानव सेवा आश्रममा रहेका असहाय र असक्तहरुलाई सुन्तला, केरा, अंगुरलगायतका फलफुल वितरण गरिएको हो ।

माओवादी जनयुद्धको सुरुवात गरेको २९ वर्ष पुगेको अवसरमा सामाजिक सेवा गर्ने उदेद्देश्यले बृद्धबृद्धा,असहाय, असक्तहरुलाई फलफुल वितरण गरिएको संयोजक पट्टेलले बताए ।



प्रतिक्रिया दिनुहोस्