Logo

मेयरमा पराजित शाही एमाले दैलेखको अध्यक्ष चयन



दैलेख, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेख जिल्ला अध्यक्षमा सूर्यबहादुर शाही निर्विरोध चयन भएका छन् ।

एमालेको आठौँ जिल्ला अधिवेशनले उनको नेतृत्वमा पाँच पदाधिकारीसहित ९१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा प्रेमबहादुर बुढा,सचिवमा हिमालयजङ्ग शाह ,उपसचिवमा मीनबहादुर बुढा क्षेत्री र महिला उपाध्यक्षमा तारा सोनी निर्विरोध निर्वाचित भएको एमालेका जिल्ला समिति सदस्य यामनारायण उपाध्यायले जानकारी दिए । शाही अघिल्लो पटक अध्यक्षमा रवीन्द्रराज शर्मासँग पराजित भएका थिए ।

जिल्ला विकास समितिका पूर्व उपसभापति शाही जिल्लाको राजनीतिमा चिनिएका नेता हुन् । दुई वटा क्षेत्र रहेको यहाँ जिल्ला पार्टीको नेतृत्वमा क्षेत्र नं।–१, सधैँ हाबी हुँदै आएको थियो ।

शाही ०७९ को स्थानीय तहको निर्वाचनमा चामुण्डाबिन्द्रासैनीको मेयरमा पराजित भएका थिए । शाही दैलेखी कम्युनिस्ट आन्दोलनका पुराना नेता हुन् भने राष्ट्रिय भूमिका आयोग दैलेखका पूर्व अध्यक्ष हुन् । 



प्रतिक्रिया दिनुहोस्