Logo

नेपालमा पहिलो पटक ‘टुरिज्म हिरो अवार्डस्-२०२४’ आयोजना



काठमाडौं, १ फागुन । ग्लोबल टुरिज्म प्रमोसन काउन्सिलले नेपालमा पहिलो पटक ‘टुरिज्म हिरो अवार्डस्– २०२४’ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर काउन्सिलले टुरिज्म हिरो अर्वाडबारे जानकारी गराएको हो ।

पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागिएको हो । आगामी मार्च १९ मा काठमाडौंमा उक्त कार्यक्रम आयोजना गरी विजेतालाई ट्रफी हस्तान्तरण गरिने छ ।

काउन्सिल अध्यक्ष धर्मेन्द्र सापकोटाले होटलतर्फ १४ र पर्यटनतर्फ १७ विधा गरी कूल ३१ विधामा अवार्ड दिने तयारी रहेको बताए । उक्त प्रतियोगितामा पाँच सयभन्दा बढीले सहभागिता जनाउने कान्सिलले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्