Logo

रेखा-सुनिल सम्बन्ध : चुनावमा प्रतिष्पर्धा, व्यवहारमा हार्दिकता



काठमाडौं, फागुन २ । चर्चित नायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ रेखा थापाले कांग्रेस सासंद डा. सुनिल शर्मासँगको सम्बन्ध हार्दिकतापूर्ण रहेको बताएकी छन् । गत वर्षको प्रतिनिधि सभा निर्वाचनमा मोरङ–३ बाट उम्मेदवार बनेका कांग्रेस सांसद शर्मा र राप्रपा नेतृ थापा एकअर्काका प्रतिस्पर्धि बनेपनि निर्वाचनपछिको सम्बन्ध भने हार्दिकतापूर्ण रहेको जनाएकी छन् ।

हाल परिवारसहित अमेरिकामा रहेकी नेतृ थापाले सांसद शर्मासँग निर्वाचनको समयमा पार्टीगत रुपमा प्रतिस्पर्धा र वैचारिक मत भिन्नता रहेपनि निर्वाचन पछि भने व्यवहारिक जिवनमा कुनै प्रतिसोध नहेको प्रष्ट पारेकी छन्। चुनावको समयमा पार्टीगत एजेन्डा र प्रतिस्पर्धापूर्ण व्यवहार रहेपनि चुनावपछिको पछिल्लो एक वर्षको समय मित्रता र हार्दिकतापूर्ण व्यवहार रहदै आएको उनको भनाई छ ।

पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदै गरेकी नेतृ थापाले फागुन २५ गतेबाट रिलिज हुने फिल्मको प्रचारप्रसारमा जोड दिदै निर्वाचमा प्रतिस्पर्धी बनेका सांसद शर्मा व्यक्तिगत जिवनमा शालिन व्यक्तित्व भएको जनाएकी छन् ।
राजनीतिक प्रतिस्पर्धा निर्वाचनको मतपरिणाम सार्वजनिक हुन्जेललाई मात्रै सिमिति रहेको बताउँदै व्यवहारिक जिवनमा एकअर्काका निकट मित्र भएको उनको भनाई छ । सांसद शर्मासँग आफ्नो मित्रवत व्यवहार कायम रहेको र सधै रहिरहने दाबी गर्दै उनले नीजि जिवनमा एक अर्काप्रतिको सम्बन्ध सहयोग र सौहार्दपूर्ण रहेको प्रतिक्रिया दिएकी छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित चलिरहे उपहारको अमेरिकामै बसेर प्रचारप्रसार गरिरहेकी नेतृ थापाले राजनीति र व्यवहारिक जिवन नितान्त फरक रहेकाले सम्बन्धमा कुनै तिक्तत्ता नभएको दाबी गरेकी छिन् । फिल्मको केहि दृश्य सांसद शर्मा सञ्चालक रहेको काठमाडौं मेडिकल कलेजमा छायाँकन गरिएको र सधै विमारीहरुको भिडभाड रहने अस्पतालले व्यस्तताका बावजुदपनि समय निकालेर फिल्म छायाँकनमा सहयोग गरेको नेतृ थापाको भनाई छ ।

महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘उपहार’ हरेक क्षेत्र, उमेर र वर्गका लागि उपहार बनेको बताउँदै सबै कलाकारहरु एउटै ढिक्कामा बसेर गरेको कामलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरेकी छन् ।

फिल्ममा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतको अभिनय छ। रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता छन्। फिल्मको कार्यकारी निर्माता रेखाका श्रीमान बलराम शाही ठकुरी हुन्।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना, शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ। फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।



प्रतिक्रिया दिनुहोस्