Logo

सीताले गरिन् ‘प्लेयर अफ द म्याच’ अवार्ड श्रीमानलाई समर्पण



काठमाडौं,२ फागुन । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटारफाइनलमा कुवेतविरुद्ध ह्याट्रिक विकेट लिँदै टिमलाई सेमिफाइनलमा पुर्याएकी सीता रानामगर प्लेयर अफ द म्याच घोािष्त भएकी छन् ।

उनले खेलपछि आफूले पाएको प्लेयर अफ द म्याचको अवार्ड श्रीमानलाई सर्मर्पण गरेकी छन् । कुवेतविरुद्ध ह्याट्रिक लिँदै उत्कृष्ट प्रदर्शन गरेकी उनले खेलपछि बोल्दै आफ्नो प्लेयर अफ द म्याच अवार्ड श्रीमानलाई समर्पण गरेको बताइन् । ‘आजको यो अवार्ड मेरो श्रीमानलाई समपर्ण गर्न चाहन्छु । र साथसाथै ह्याप्पी भ्यालेन्टाइन डे पनि भन्न चाहन्छु,’ सीताले भनिन् ।

पूर्व बक्सिङ खेलाडी दीलिप लामाबीच ४ वर्षअघि बिवाह भएको थियो ।

सीताले कुवेतविरुद्धको खेलमा १२।२ ओभरमा कुवेतकी ब्याटर प्रियादा मुरालीको विकेट लिइन् । त्यसपछि १२।३ ओभरमा उनले कुवेतकी मारयम ओमरलाई आउट गरिन् । १२।४ ओभरमा उनले कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काउँदै ह्याट्रिक पूरा गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot