Logo

नेपाललाई पाँचौ झट्का, १५ रन जोडेका कुशल पनि आउट



काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध पाँचौं विकेट गुमाएको छ । १९।५ ओभरमा जेरार्ड एरास्मसको बलमा कुशल मल्ल आउट भएका छन् । उनी १५ रन जोडेर आउट भएका हुन् ।

मल्लले सट थर्डम्यानमा लुंगामेनीबाट क्याच आउट भएका छन् । कप्तान जेराल्ड कुशललाई आउट गर्नको लागि रणनीतिक हिसाबमा आफैं अफ स्पिन बलिङ लिएर आएका थिए । त्यो रणनीति अनुसार कुशल आउट पनि भएका छन् ।

यसअघि चौथो विकेटका रुपमा १० औँ ओभरमा कप्तान रोहित पौडेल १ रन बनाएर ज्याक ब्रासेलको बलमा आउट भएका थिए ।

यसअघि चौथो ओभरमा आसिफ शेख ४ रन बनाएर ब्रासेलकै बलमा आउट भएका थिए । तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका थिए ।

खेलमा नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो । कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका हुन् । नेपालले १९ ओभरमा ५ विकेटको क्षतिमा ६७ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्