Logo

१०० रन नजोड्दै नेपाल अलआउटको दिशामा, ४४ रन थपेका भीम पनि आउट



काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध सातौं विकेट गुमाएको छ । सातौं विकेटको रुपमा नेपालले भीम सार्कीलाई गुमाएको हो । उनी ४४ रन थप्दै आउट भए । उनले २ चौका र १ छक्का हिर्काएका थिए । जेरार्ड एरास्मस (कप्तान)ले घातक बलिङ गरिरहेका छन् । उनको यो तेस्रो विकेट हो ।

यसअघि २१।४ ओभरमा जेरार्ड एरास्मसको बलमा सोमपाल कामी आउट भएका छन् । उनी २ रनमा आउट भए ।

यसअघि १९।५ ओभरमा जेरार्ड एरास्मसको बलमा कुशल मल्ल आउट भएका छन् । उनी १५ रन जोडेर आउट भएका हुन् ।

त्यस्तै चौथो विकेटका रुपमा १० औँ ओभरमा कप्तान रोहित पौडेल १ रन बनाएर ज्याक ब्रासेलको बलमा आउट भएका थिए ।

यसअघि चौथो ओभरमा आसिफ शेख ४ रन बनाएर ब्रासेलकै बलमा आउट भएका थिए । तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका थिए ।

खेलमा नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो । कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका हुन् । नेपालले ७ विकेट गुमाएर ९४ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot