Logo

नामिबियाका कप्तानको घातक बलिङ, नेपाललाई आठौं झड्का



काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध आठौं विकेट गुमाएको छ ।

त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालका लागि आठौं विकेटको रुपमा गुल्सन झा आउट भएका छन् । उनी २१ रन थपेर आउट भए । नामिबियाका कप्तान जेरार्ड एरास्मस को बलमा गुल्सन आउट भएकबा हुन् ।

इरास्मसले घातक बलिङ गरिरहेका छन् । उनले गुल्सनसँग सोमपाल कामी, भीम सार्की र कुशल मल्ललाई आउट गरेका थिए । ८ विकेट गुमाएको नेपाल १०७ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot