Logo

श्रीलङ्काबाट फरार ४२ अपराधीलाई पक्राउ गर्न इन्टरपोलमार्फत् पक्राउ पूर्जी जारी



कोलम्बो, ३ फागुन । श्रीलङ्काका कार्यवाहक प्रहरी महानिरीक्षक देशबन्धु तेन्नाकुनले देशबाट भागेका ४२ जना अपराधीविरुद्ध इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्न पहल गरेको बताएका छन् ।

राजधानीमा एक समारोहमा बोल्दै तेन्नाकुनले भने, “माथिका व्यक्तिहरू अपराधमा संलग्न छन् र लागुऔषध व्यापारमा संलग्न छन् ।” टेन्नाकुनले इन्टरपोलको सहयोगमा विदेशमा रहेका अपराधीलाई स्वदेश फर्काउन सकिनेमा आफू विश्वस्त रहेको बताए ।

दुबईमा लुकेर बसेका श्रीलङ्काको एउटा ठूलो गिरोहका एक प्रमुख सदस्य ‘पियुमा’ भनिने पियुम हस्तिकालाई बिहीबार बिहान श्रीलङ्का फर्काइएको उनले बताए ।

“‘पियुमा’ लाई सोधपुछ गर्दा श्रीलङ्कामा सङ्गठित अपराधका धेरै पक्षहरू पत्ता लाग्ने छन्”, टेन्नाकुनले भने । “इन्टरपोलको सहयोगमा उनीहरूले शरण लिएका देशहरूबाट चाँडै नै अन्य धेरै अपराधीहरूलाई फर्काइनेछ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot