काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदन सार्वजनिक भएको छ । पार्टीको यही फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुने महासमिति बैठकको लागि थापाले उक्त प्रतिवेदन तयार पारेका हुन् ।
महामन्त्री थापाले चुनावअघि गठबन्धन गर्न नहुने प्रस्ताव गरेका छन् । थापाले यसअघि चुनावमा गठबन्धन गरेकै कारणले पार्टीको लोकप्रिय मतपनि खस्किएको विश्लेषण गरेका छन् । उनकाअनुसार गठबन्धनका कारण लोकप्रिय मतको हिस्सा ५ प्रतिशतले घटेको छ ।
यस्तो छ थापाको प्रतिवेदनको पूर्णपाठ