Logo

“मिट एण्ड ग्रिट विथ प्रभु साह” कार्यक्रममा युवा तथा विद्यार्थीहरुको उल्लासमय सहभागिता



काठमाडौं, ३ फागुन । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले विद्यार्थी तथा युवाहरुसँग अन्तरक्रिया गरेका छन् । गृहजिल्ला रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ५ मा रहेको श्री लक्ष्मीनिया माध्यमिक विद्यालयमा आयोजित मिट एण्ड ग्रिट विथ प्रभु साह कार्यक्रममा युवा तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

सो कार्यक्रममा साहले विद्यार्थीहरुलाई राजनीति र देश विकासमा राजनीतिज्ञहरुले खेल्ने भूमिकाबारे प्रकाश पारेका थिए । यसअघि अध्यक्ष साह फागुन १ गते जनयुद्ध दिवसको आयोजित पार्टीले आयोजना गरेको पर्साको एक कार्यक्रममा सहभागी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्