Logo

अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई बन्धक बनाउने आठ जना सार्वजनिक



काठमाडौँ, ३ फागुन : अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौँमा ल्याएर बन्धक बनाएको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ परेका भारतीय नागरिक ५४ वर्षीय अब्दुल रहिम, ३० वर्षीय रवि मिवदे, ४२ वर्षीय चरणजित सिंह, ४७ वर्षीय मनिषकुमार मल्होत्रा, अशोक कुमार, ५१ वर्षीय निपुन गुप्ता, ५८ वर्षीय इन्दुसिंह यादव, ४८ वर्षीय रामचन्द्र शर्मा र नेपाली नागरिक २५ वर्षीय लक्ष्मण गिरीलाई सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीका अनुसार आठैजनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो । आरोपीतले बन्धक बनाएका ११ जनालाई काठमाडौँ महानगरपालिका–९ रातोपुलबाट उद्धार गरिएको हो । नेपाली नागरिक गिरीले आरोपीतका कागजात फोटोकपि लगायतका काम गरिदिने गरेको खुलेको छ । उनीहरुविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

अमेरिका पठाउन एक जनाको ४० लाखदेखि ४५ लाख भारतीय रुपैयाँ लाग्ने भन्दै उनीहरुले घरबाट पैसा मगाउन लगाएको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । प्रहरीले उद्धार गरेका भारतीय नागरिकमा गुरुनिन्दर सिंह, सुवास कुँवर, भुपेन्द्र सिंह, प्रतिक, मानबिर सिंह, जग्दीप सिंह, गुरप्रित सिंह, कुलदीप सिंह, राकेश कुमार, आशिस कुमार र गुरप्रित सिंह रहेका प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।

बन्धक बनाइएका विदेशी नागरिकहरुको उद्दार :-

गौशालास्थित एक घरमा केही भारतीयले घर भाडामा लिई गैरकानूनी रुपमा भारतीय नागरिकहरुलाई नै बन्धक बनाई राखेको भन्ने सूचना प्राप्त भए पश्चात जिल्ला प्रहरी परिसर प्रहरी काठमाण्डौ र बृत्त गौशालाको संयुक्त टोली उक्त घरमा प्रवेश गरी खानतलासी गरी अनुसन्धानको क्रममा बन्धक बनाई जोखिमपूर्ण अवस्थामा रहेका ११ जना भारतीय नागरीकहरुलाई सकुशल उद्दार गरिएको । साथै घर भाडामा लिई गैरकानूनी रुपमा भारतीय नागरिकहरुलाई नै बन्धक बनाई राख्ने निम्न लिखित व्यक्तीहरुलाई नियन्त्रणमा लिईएको ।

क) पक्राउ परेका व्यक्तिहरु:-
१-भारत मध्य प्रदेश राजगढ, निवानिया स्थायी वतन भएको बर्ष ५८ को ईन्दु सिंह यादव ।
२-भारत नयाँ दिल्ली ताराचन्द्र कोलोनी, महिपुर स्थायी वतन भएको बर्ष ५४ को अब्दुल रहिम ।
३-भारत नयाँ दिल्ली, विष्‍णु गार्डेन, RZ-290 वतन भएको बर्ष ४२ को चरण जित सिंह ।
४-भारतको लुधियाना पञ्‍जाब वतन भएको बर्ष अं…. को अशोक कुमार ।
५-भारतको लुधियाना, टिब्बा रोड पञ्‍जाब स्थायी वतन भएको बर्ष ४७ को मनिष कुमार मलहोत्रा ।
६-भारतको मध्य परदेश राजगढ स्थायी वतन भएको बर्ष ३० को रवी मेवाडे ।
७-भारतको राजस्थान, चुरु वतन भएको बर्ष ४८ को राम चन्द्र शर्मा ।
८-भारतको लुधियाना जनकपुरी, पञ्‍जाब घर भई हाल जिल्ला काठमाण्डौं, नरदेवी बस्ने बर्ष ५१ को निपुन गुप्‍ता ।
९-जिल्ला मोरङ, बिराटनगर महानगरपालिका वडा नं.-५ बिजुली अफिस वतन भएको बर्ष ५२ को मोहम्मद साविर मिया ।
१०-जिल्ला सिन्धुली, फिक्कल गाउँपालिका वडा नं.-३ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौं, माकलबारी बस्ने बर्ष ३० को लक्ष्मण गिरी ।

ख)बरामद दशी:-
१ पिडितहरु को पासपोर्ट,.
२. विभिन्न देशका मुद्राहरु
३. विभिन्न एयरलाइन्सका नक्कली Boarding Pass हरु
४. ल्यापटपहरु
५. नक्कली रबर स्ट्याम्पहरु र कैची, पेपर कटर लगायतको सरसामानहरु
६. शारीरिक यातना दिन प्रयोग हुने पाईप
पक्राउ परेका व्यक्तिहरु उपर मुलुकी अपराध संहिता २०७४ को अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा सम्मानित जिल्ला अदालत काठमाण्डौबाट म्याद थप गरी जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट थप अनुसन्धान भई रहेको ।



प्रतिक्रिया दिनुहोस्

Screenshot