Logo

नेपाल एयरलाइन्सले सिमकोट–सुर्खेत परीक्षण उडान गर्ने



काठमाडौं, ४ फागुन । नेपाल एयरलाइन्सले फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ ।

यसअघि नेपालगन्ज–सिमकोट–नेपालगन्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्नेगरि सिमकोटबाट परीक्षण उडान गर्न लागेको हो ।

परीक्षण उडानको लागि सबै तयारी पूरा भएको निगमले जनाएको छ । सिमकोट–सुर्खेत हवाई उडान भएपछि हुम्लावासीलाई सहज हुनेछ । file photo



प्रतिक्रिया दिनुहोस्