काठमाडौं, ४ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले देश र माटो सुहाउँदा नीति अघि सार्नुपर्ने बताएका छन् ।
उनले अहिलेको अवस्थामा अब समाजवादी व्यवस्था नै अनिवार्य भएको सुनाए । समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्र नेपालले आयोजना गरेको ‘समाजवाद : अबको बाटो’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।
खनालले अहिले नेपालमा माक्र्सवादको अध्ययन तथा छलफल नै शून्य भएको टिप्पणी गरे ।
https://www.facebook.com/jhalanath1950/videos/3229809283979583