Logo

कृष्ण कँडेलले दिए शर्मिला श्रेष्ठसहित ६ जनाविरूद्ध गाली बेइज्जतीको मुद्दा



काठमाडौं, फागुन ५ । लाइभ दोहोरी प्लेटफर्म ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले लोक दोहोरी गायिका शर्मिला श्रेष्ठविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । कँडेलले शुक्रबार काठमाडौं जिल्ला अदालतमा श्रेष्ठसहित जीवन टण्डन, कविता लामा, पूर्णप्रसाद कँडेल, खगेन्द्र विक, लक्ष्मीप्रसाद घिमिरेलाई विपक्षी बनाई गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् ।

‘इन्द्रेणी’मा काम गर्ने शर्मिलासहित ६ जना कलाकारले फेसबुक लाइभ र पत्रकार सम्मेलन गरेर कँडेलले श्रम शोषण गरेको आरोप लगाएका थिए । यस क्रममा शर्मिलाले इन्द्रेणी सञ्चालक कँडेलले आफ्रमाथि ‘यौन दुर्व्यवहार’समेत गरेको गम्भीर आरोप लगाएकी थिइन् । यस विषयमा कँडेलले शुक्रबार पत्रकार सम्मेलन गरी कसैलाई श्रम शोषण र नराम्रो व्यवहार नगरेको भन्दै खण्डन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्