Logo

रेखाको ‘उपहार’ लाई सांसद सुनिल शर्माको शुभकामना



काठमाडौं, फागुन ५ । आगामी फागुन २५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘उपहार’को सफलताको लागि सांसद डा. सुनिल शर्माले शुभकामना दिएका छन् । सांसद शर्माले गत निर्बाचनमा मोरङ क्षेत्र नं ३ प्रतिस्प्रर्धी रहेकी रेखा थापाको चलचित्रको लागि सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना दिएका हुन् ।

शुभकामना दिदै सांसद शर्माले लेखेका छन्, ‘नेपाली सिने जगतकी सुपर स्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टीमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आँउदैछ । सोहि अनुरुप फिल्मको टेलर सार्वजनिक भयो, हेरियो । निक्कै कौतुहलता जगाउने टेलर हेरे पछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको हाईट अझै माथि पुर्याउने आशा एवम् बिस्वास राखेको छु । रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को बिराटचौक निवासी चेली पनि हुन् । उनी नेतृत्वदायी भुमिका निभाउन सक्ने,हक्की निडर र महिला दिदीबहिनीहरुको पिर भावना बुझ्न सक्ने क्षमतावान नारी हुन् । बहिनीलाई मेरो साथ सहयोग र शुभेच्छा सधै रहने छ । सहकार्य रहने छ । बहिनी रेखा तथा सिंगो उपहार टिमलाई बधाई तथा शुभकामना ।’

उपहार चलचित्रको शुक्रबार ट्रेलर सार्वजनिक भएसंगै दर्शकहरुको सकारात्मक प्रतिकृया पाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्