Logo

पतिका कारण माया रम्तेलले आफू र छोरीलाई आगो लगाएपछि



काठमाडौं, ५ फागुन । आफ्नो पति अर्कै महिलासँग सम्बन्धमा रहेको भन्दै झापामा एक महिलाले आफू र पाँच वर्षीया छोरीलाई आगो लगाएकी छिन् । जलेर आमाछोरी घाइते भएका छन्। झापाको बुद्धशान्ति गाउँपालिका– २ गोपाल डाँडाको घलेगाउँमा २८ वर्षीया माया रम्तेल र उनकी ५ वर्षीया छोरी बर्षा विक जलेर घाइते भएका छन् ।

जिप्रका झापाका अनुसार हिजो (शुक्रबार) बेलुका साढे ८ बजे मायाले छोरीलाई आफूसँगै सलले बाँधेर पेट्रोल छर्किएर आगो लगाएकी थिइन् । ती महिलाले एउटा कागजमा आफूले यस्तो निर्णय लिनुको पछाडिको कारणपनि खुलाएकी छिन् ।

प्रहरीले सुसाईड नोट भनेर फेला पारेको कागजमा श्रीमान अन्य महिलासँग सम्बन्धमा रहेको लेखिएको छ । अहिले प्रहरीले ती महिलाका पति राजन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

जलेर घाइते भएका आमा छोरीको भने बिर्तामोडस्थित् बिएण्डसी अस्पतालमा उपचार भैरहेको छ । आमा गम्भीर भएपनि छोरी भने बोल्नसक्ने अवस्थामा छिन् । आमालाई काठमाडौंको किर्तीपुरस्थित् बर्न अस्पतालमा रिफर गर्नसक्ने सम्भावना रहेको प्रहरी स्रोतले जनाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्