Logo

अर्थमन्त्री महतले दिए सरकार चुप लागेर नबस्ने चेतावनी



काठमाडौं, ५ फागुन । अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्तलाई स्वस्थ बनाउनको लागि सरकारले गम्भीर पहलकदमी लिएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित चौथो लघुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले यस्तो बताएका हुन् ।

उनले भने,‘लघुवित्तलाई कसरी स्वस्थ बनाउने भन्ने हामी सबैको चासोको विषय हो । तर केही प्रवृत्तिहरू लघुवित्त र सहकारीमा देखिएको विचलनबाट फाइदा उठाएर राजनीतिक लाभ लिन खोजिरहेका छन् । यो खतरनाक प्रवृत्ति हो । यसको प्रतिवाद गर्न सबै तयार हुनुपर्छ । यसमा सरकार चुप लागेर बस्दैन् ।’

लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तीकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको मन्त्री महतको भनाई छ । देशभरबाट २७ लाख महिलाहरू लघुवित्तमा सहभागी रहेको तथ्यांक उल्लेख गर्दै यसले महिलालाई आत्मनिर्भर बनाएको पनि उनले सुनाए । तस्विर स्रोत : मन्त्री महतको सचिवालय



प्रतिक्रिया दिनुहोस्