Logo

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेदरल्याण्डसविरुद्ध नेपालको शानदार जित (फोटोफिचर)



काठमाडौं, ५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि फराकिलो जित निकालेको छ । नेपालसामू निरीह सावित भएको नेदरल्याण्डस ९ विकेटले पराजित भएको हो ।

नेदरल्याण्डसले दिएको १३७ रनको चूनौति नेपालले १५.२ ओभरमा भेट्टाएको हो । त्यो पनि एक विकेटको क्षतिमा। नेपालको जितको लागि अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रन बनाए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot