Logo

५ रन थपेर कप्तान विनोद पनि आउट, नेपाल ‘ए’ लाई तेस्रो झड्का



काठमाडौं,६ फागुन । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ लाई तेस्रो झड्का लागेको छ ।

मूलपानीस्थित क्रिकेट मैदानमा सुरुमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाउँदै तेस्रो झड्का ब्यहोरेको हो । खेलको १७।३ अ‍ोभरमा साद विन जफरको बलमा कप्तान बिनोद भण्डारी आउट भएका हुन् । उनी नेपालको पालीमा ५ रन थपेर आउट भए ।

स्वीप खेल्ने धुनमा मिस भएपछि उनी एलबीडब्लूको धरापमा परेका हुन् । अनुभवी खेलाडी आउट भएपछि सन्दीप जोरा मैदानमा आएका छन् ।

नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।

नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।

नेपालले ताजा अवस्थामा १९ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ६७ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot