Logo

जसपा नेपाल विभाजनबारे प्रधानमन्त्रीले मुख खोले



काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनता समाजवादी पार्टी, जसपा विभाजनमा आफ्नो कुनै हात नरहेको स्पष्ट पारेका छन् । आज (मंगलबार) सभामुख देवराज घिमिरेले संसद् सुचारु गने विषयमा छलफल गर्न बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जसपा नेपाल विभाजनमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका हुन् ।

‘जसपा विभाजनको तपाईंमाथि आरोप छ नि ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘आरोप लगाउन प्रचण्डबाहेक अरु नेपालमा कसलाई देख्छन् र ?’

यो पनि पढ्नुहोस्ः ‘अरु कल्लाई देख्छन् र मान्छेले प्रचण्डबाहेक यो देशमा !’

जसपा नेपाल गत वैशाख २३ गते विभाजन भएको थियो । जसपा नेपाल विभाजन भएर नयाँ दल जनता समाजवादी पार्टी दर्ता भइसकेको छ । दल विभाजनको बेला अमेरिकामा रहेका जसपा नेपालका अध्यक्ष आज स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका थिए । प्रचण्डसँगको भेटमा पार्टी फुटाउन भूमिका खेलेको भन्दै उपेन्द्र कड्किएको स्रोतले बतायो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot