Logo

एमाले र जनमतले नदिएपनि विश्वासको मत पाउनेमा मुख्यमन्त्री यादव ढुक्क



काठमाडौं, ६ फागुन । मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री यादवलाई एमालेले विश्वासको मत नदिने निर्णय गरेको छ । यसअघि सरकारमा सहभागी भएर फिर्ता भएको सिके राउत नेतृत्वको जनमत पार्टीले पनि मुख्यमन्त्री यादवलाई मत नदिने भएको हो ।

तर, गठबन्धनमा आवद्ध दलको समर्थन आफूलाई भएको भन्दै यादव विश्वासको मत पाउनेमा ढुक्क छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा यादवले भने,‘म विश्वासको मत पाउनेमा निश्चिन्त छु । कुनै समस्या छैन् ।’

मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदा तेस्रो पटक हुन्छ । एमाले सरकारमा सहभागी नभएपनि यसअघि सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो । सत्ता गठबन्धनमा पनि सरकारको नेतृत्वलाई लिएर विवाद उत्पन्न भएको चर्चा थियो ।

कांग्रेस, माओवादी र जनमतले पनि सरकारको नेतृत्वमा दाबी गरेका थिए । तर, बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले यादवलाई नै सरकारको नेतृत्वमा निरन्तरता दिने सहमति गरेपछि विवाद साम्य भएको बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्