Logo

डा. झा निःशुल्क स्वास्थ्य सेवासहित विपन्नहरुको घरदैलोमा (फोटोफिचर)



काठमाडौं, ६ फागुन । चर्म तथा यौन रोगविशेषज्ञ डा.प्रशन्न झा समाजसेवामा पनि सक्रिय छन् । उनी यतिवेला आफ्नो जिल्लामा विपन्न परिवारको घरदैलोमा निःशुल्क स्वास्थ्य सेवामा खटिएका छन् । सो क्रममा उनले निःशुल्क औषधीसमेत वितरण गरेका छन् ।

डा. झाले परिक्रमा सामुदायिक सेवा केन्द्र र गेट वेल सुन नेपाल स्किन केयर मुरलीचोकको सहकार्यमा औषधीसहित निःशुल्क स्वास्थसेवा सञ्चालन गरेका हुन् । आजदेखि जनकपुरधामको वडा न २४ को बसहियाबाट सुरु भएको घरदैलोमा औषधिसहित निःशुल्क स्वास्थसेवा सेवा प्रत्येक १५–१५ दिनको अन्तरालमा निरन्तर रूपमा हुने डा.झाले रिपोर्टर्स नेपाल डटकमलाई जनाए ।

डा.झा र सामुदायिक सेवा केन्द्रका अध्यक्ष रन्जित रायको पहलमा जकपुरधाम उप–महानगरपालिकाका २५ सै वटा वडा तथा निर्वाचन क्षेत्रका सबै वडामा बिपन्न परिवारहरूको घरदैलोमा निःशुल्क स्वास्थसेवा सुरु भएको हो ।

आजको विशेष कार्यक्रममा समाजसेवी तथा अगुवाहरु, जनमत पार्टीका नेताहरू जगदीश महतो,अनिरुद्ध ठाकुर,सुनिल यादव,सन्जिव महतो,श्रवण महतो लगायत नेताहरू सहभागी थिए । डा.झाले घर–घरमा पुगेर स्वास्थ्य जाँचसमेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्