काठमाडौं, ६ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । आज (आइतबार) उनले विश्वासको मत लिएका हुन् ।
मुख्यमन्त्री यादवलाई आज प्रदेश सभामा उपस्थित भएका १०४ सदस्यमध्ये विश्वासको मतको पक्षमा ६९ जनाले मतदान गरे । विपक्षमा ३५ मत परेको थियो । नेकपा (एमाले) र जनमत पार्टीका सांसदहरुले विश्वासको मत दिएनन् । प्रदेश सभामा रहेका एमाले र जनमतबाहेका दल र सांसदहरुले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका छन् ।
मधेशमा एमालेका २४, कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्तिबाट १, राप्रपाबाट १ र १ स्वतन्त्र सांसद छन् । उनले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् ।