Logo

कांग्रेस महासमिति बैठकमा जान निःशुल्क २० वटा बसको व्यवस्था



काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसले आजदेखि सुरु हुने महासमिति बैठकमा सहभागि हुने प्रतिनिधिको सहजताका लागि दैनिक २० वटा बस निःशुल्क सञ्चालन गर्न लागेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा फागुन १० गतेसम्म आयोजना हुने महासमिति बैठकमा जान निःशुल्क बसको व्यवस्था गर्न लागिएको हो । कांग्रेसले कार्यक्रम आवधिभर बिहानको चिया नास्ता, खाना र दिउँसोको खाजा समेत कार्यक्रस्थलमै उपलब्ध गराउन लागेको छ ।

बेलुकाको खाना र आवासको व्यवस्था भने सहभागी आफैले गर्नुपर्ने छ । कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माका अनुसार आज दिउँसो १ बजे पार्टीका सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता हुँदैछ ।

महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य एक सय १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जनाको सहभागिता हुँदैछ ।

यस्तै, केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी हुँदैछन् ।



प्रतिक्रिया दिनुहोस्