Logo

आर्यन चम्किएको खेलमा नेदरल्याण्डको सहज जित, शीर्ष स्थानमा उक्लियो नेपाल



काठमाडौं,७ फागुन । आईसीसी विश्व लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई हराउँदै नेदरल्याण्डले पहिलो जित निकालेको छ । आज भएको खेलमा नेदरल्याण्डले नामिबियालाई ७ विकेटले हरायो ।

नामिबियाले दिएको १२४ रनको सामान्य लक्ष्य नेदरल्याण्डले २७।२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्डका लागि मिचेल लेभिटले अर्धशतक प्रहार गरे । ८१ बलमा ८ चौका र २ छक्कासहित उनले ५७ रन जोड्दा म्याक्स वर्डवाड्ले २८ रन थपे । वासडि लिडेले २१ रन नटआउट थप्दा नेदरल्याण्डले ८ रन अतिरिक्तमा पायो ।

नामिबियाका लागि ग्रिहार्ड इरामसले तीन विकेट लिए । यो जितसँगै नेदल्याण्डले २ खेलबाट २ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहँदा रनरेटका आधारमा नेपाल भने शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलबाट समान २ अंक जोडपनि नामिबियालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

यसअघि आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबिया ३५.१ ओभरमा १ सय २३ रन बनाउँदै अलआउट हुन पुगेको थियो । दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot