Logo

जिबी राई जोडिएको सूर्यदर्शन सहकारी ठगी प्रकरण : सिआईबीको टोली पोखरा पुग्यो



काठमाडौं, ७ फागुन । सिआइबीको टोली सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न पोखरा पुगेको छ । हजारौं पोखरेली जनतालाई ठगी गरेर सूर्यदर्शन सहकारीका सञ्चालकहरु फरार छन् ।

यसअघि प्रहरीले पूर्वडिआईजी छविलाल जोशीको घरमा छापा मारेर महत्वपूर्ण चार सर्भर बरामत गरिसकेको छ । अहिले सिआइबीले काठमाडौंबाट प्राविधिक टोली पोखरा पठाएको छ । यो सहकारी ठगी प्रकरणमा प्रहरीले फरार रहेका सञ्चालकहरुलाई इन्टरपोलमार्फत् नेपाल झिकाउने तयारी गरेको छ ।

जिबी राई, थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरूद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरिसकेको छ । केहीले जिबी राई मलेसियामा लुकेर बसेको पनि भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्