काठमाडौं, फागुन ८ । डोटीको जोरायल गाउँपालिका–५ भाम गाउँका ७१ वर्षीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका छन। तीन छोरी र एक छोरा भएका यी दम्पतीले लामो प्रेम सम्बन्ध सँगै बिताएपनि खड्काले श्रीमतीको सिउँदो भने भरेका थिएनन्।
जोरायल–५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले आयोजना गरेको सप्ताह महायज्ञमा खड्काले श्रीमतीको सिउँदो भरेका हुन। अहिले यो खवर समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।