Logo

राप्रपाका लुम्बिनी प्रदेश सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं,८ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्रपा लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

कपिलबस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुमा आव ०७४-०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरुको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरुसँग मिलेमतो गरी केही काठ लुकाई छिपाई नजिकैको स-मिलमा विक्री गरी अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्कीलगायतलाई प्रतिवादी बनाएको छ।

हाल प्रदेश सांसद रहेका यादव गौतमबुद्ध साझेदारी वन ब्यवस्थापन समितिका तत्कालिन अध्यक्ष थिए। यादव गएको प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तुको निर्वाचन क्षेत्र ३ को ख बाट निर्वाचित सांसद हुन् ।

 एमाले नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्री हुँदा यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्रीसमेत बनेका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि यादव जसपाबाट स्थानीय तह निर्वाचनमा विजयनगर गाउँपालिका अध्यक्षका उम्मेदवार थिए ।



प्रतिक्रिया दिनुहोस्