Logo

गठबन्धनकै कारण कांग्रेस पहिलो दल बनेको विश्वप्रकाश शर्माको स्विकारोक्ति (प्रस्तावसहित)



काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन फरक मतको चूनौतिपूर्ण सहयात्रा भएको उल्लेख गरेका छन् । पार्टीको हिजोदेखि सुरु भएको महासमिति बैठकमा पेश भएको समसामयिक राजनीतिक प्रस्तावमा उनले यस्तो लेखेका छन् ।

चुनावअघि नै गठबन्धन गरेर जाने निर्णय भएको स्विकार गर्दै उनले उक्त गठबन्धनबाट उपलब्धिपनि हाँसिल भएको दाबी गरेका छन् । तर, गठबन्धनको कारण भोलिका दिनमा भने चूनौति बढेको उनको भनाई छ । उनले गत निर्वाचनमा गठबन्धन गरेको कारण नै कांग्रेस तीनै तहमा पहिलो दल बन्न सकेको स्विकारेका छन् ।

https://drive.google.com/file/d/1Bnc0GJf7z7mR1BDAyQk98OOVIzXDU79B/view?usp=sharing



प्रतिक्रिया दिनुहोस्