Logo

गण्डकीमा बिहानैदेखि वर्षा, आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं, फागुन ९ । आज देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।

महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशको एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको छ भे मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेश प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस्