Logo

नामिबियाविरुद्ध नेपाललाई पाँचौ झड्का, कप्तान रोहित शून्य रनमै आउट



काठमाडौं,९ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले पाँचौ विकेट पनि गुमाएको छ । चौथो विकेटका रुपमा अर्धशतक हिर्काएका आशिफ शेखलाई गुमाएको नेपालले पाँचौ विकेटका रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो ।

२३।२ ओभरमा निकोल लोफ्टिइटनको बलमा रोहितकुमार पौडेल आउट भएका हुन् । उनी शून्य रनमै आउट भए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले यसअघि सातौँ ओभरमा लगातार दुई विकेट र आठौँ ओभरमा अर्को एक विकेट गुमाएको थियो ।
नामिबियाका बर्नार्ड स्कल्जले गरेको सातौँ ओभरको दोस्रो बलमा नेपालका कुशल भुर्तेल आउट भए । सोही ओभरको चौथो बलमा अनिल साहलाई आउट गरेका थिए ।

यस्तै नेपालले आठौँ ओभरमा चौथो क्रममा ब्याटिङका लागि आएका देव खनाललाई पनि शून्य रनमा गुमायो ।

नेपालले २२ ओभरमा ४ विकेट गुमाएर एक सय १० रन जोडेको छ। ४३ रनमा ३ विकेट गुमाएको अवस्थामा आसिफले कुशल मल्लसँग ५७ रनको साझेदारी गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot