Logo

निकोल र बर्नार्डको घातक बलिङसामू निरीह नेपाल, १६८ रनमै अलआउट



काठमाडौं,९ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियालाई नेपालले १६९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३७।१ ओभरमा १६८ रनमै अलआउट भयो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५८ रन जोडे । ६४ बलको सामना गरेका उनले ८ चौका र १ छक्का हिर्काउ ।

ओपनर कुशल भुर्तेलले १८ रन जोडेको खेलमा कुशल मल्लले ३६ र भीम सार्कीले २६ रन जोड्नबाहेक अन्यले राम्रो रन जोड्न सकेनन् । कप्तान रोहितकुमार पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भएका थिए । करण ेकसीले १२ रन जोड्दा सोमपाल कामी ४ रनमा आउट भए ।

नेपाललाई सस्तैमा रोक्नेक्रममा नामिबियाका निकोल लोफ्टिइटन र बर्नार्ड स्कोल्जले समान ४ विकेट लिए । निकोलले ६ ओभरमा ३४ रन दिँदा बर्नार्डले १० अ‍ोभरमा ३१ रन दिए ।

४३ रनमा ३ विकेट गुमाएको अवस्थामा आसिफले कुशल मल्लसँग ५७ रनको साझेदारी गरेका थिए। नेपालले एक सय रन जोड्दा चौथो विकेटका रुपमा आसिफ आउट भएका थिए। त्यसपछि नेपालले कुनै पनि विकेटका लागि गतिलो साझेदारी गर्न सकेन।



प्रतिक्रिया दिनुहोस्