Logo

रोहितले दिलाए पहिलो बलमै विकेट, नेपाललाई दोस्रो सफलता



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको थियो ।

नामिबियाका निकोलास डाभिनलाई नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले रनआउट गरे भने खेलको तेस्रो ओभरको पहिलो बलमै कप्तान रोहितकुमार पौडेलले नेपाललाई दोस्रो विकेट दिलाएका छन् । पौडेलको बलमा जेपी कोट्जे ३ रन बनाएर आउट भएका छन् ।

ताजा अवस्थामा नामिबियाले ५ ओभरमा २ विकेट गुमाएर २२ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot