Logo

अटो दुर्घटना चालकको मृत्यु



बागमती, ९ फागुन । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा आज अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार धादिङ बजारतर्फबाट मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीतर्फ आउने क्रममा ना२ .ह ५२६८ नंको अटो अनियन्त्रित भएर पल्टिएको थियो । घाइते भएका सोही स्थान निवासी ३५ वर्षीय चालक सुमन भन्ने देवीबहादुर घिमिरेलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्