Logo

रोयल इन्फिल्ड क्लासिक ३५० को मूल्य अब ५ लाख २० हजार



काठमाडौं, फागुन १० । नेपालम रोयल इन्फिल्ड क्लासिक ३५० सिंगल डिस्कको मूल्य बढेको छ । पहिले ४ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको सो मोटरसाइकलको मूल्य बढेर अब ५ लाख २० हजार रुपैयाँ पुगेको हो ।

नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभका अनुसार डबल डिस्कमा रहेका रोयल इन्फिल्ड क्लासिक ३५० को क्रोम र डार्क एडिसनको मूल्य पनि बढेको छ। क्रोम एडिसनको मूल्य ५ लाख ३० हजारबाट ५ लाख ५५ हजार र डार्क एडिसनको मूल्य ५ लाख २५ हजारबाट ५ लाख ५० हजार रुपैयाँ पुगेको अल्फा अटोमोटिभले जनाएको छ।

अल्फा अटोमोटिभले नेपाली बजारमा गत जेठ महिनामा पहिलो पटक क्लासिक ३५० मोडल सार्वजनिक गरेको थियो । त्यो समयमा सिंगल डिस्क क्लासिक ३५० लन्च गरेकोमा गत भदौमा सम्पन्न नाडा अटो शोमार्फत डबल डिस्कयुक्त क्लासिक ३५० क्रोम र डार्क एडिसन सार्वजनिक गरेको थियो । क्लासिक ३५० मा ३४९ सीसी क्षमताको एफआई इन्जिन रहेको छ, जसले २० पीएस पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ ।

टाइमलेस स्टाइलिङ डिजाइनमा रहेको यी मोटरसाइकलमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रयुमेन्ट मिटर, यूएसबी चार्जिङ पोर्ट, लामो मेटल एक्जस्ट, वाइडर सीट, वाइडर टायर, ट्युबलेस टायर, स्पीड सेन्सर, टेलिस्कोपिक सस्पेन्सन र ट्वीन सक एब्जर्बर जस्ता फिचरहरू पाउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्