Logo

आज नेपाल ‘ए’ र क्यानडा–११ बीचको निर्णायक खेल



काठमाडौं, फागुन १० । नेपाल ‘ए’ र क्यानडा–११ बीच सिरिजको तेस्रो खेल आज हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने निर्णायक खेल अहिले विहान ९ः३० बजेदेखि शुरु हुदैछ।

यसअघिको पहिलो खेल क्यानडा– ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ‘ए’ ले जितेको थियो । १–१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले हासिल गर्नेछ ।

क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ । नेपाल ‘ए’ टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् । नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्