Logo

कैलालीको भाँसुभीरनजिकै बम विस्फोट, ४ जना घाईते



काठमाडौं, फागुन १० । कैलालीको चुरेस्थित भाँसु भीरनजिकै बम विस्फोट हुँदा एकजना चालकसहित ४ जना घाइते भएका छन्। उनीहरूमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा जेसीबी चालकसहित कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीनदेव अवस्थी रहेका छन्। चालकबाहेक घाइते ३ जनाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ। बुधवार जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर क्षेत्रमा विस्फोट भएको हो।

जेसीबीले भीमदत्त राजमार्गअन्तरगत सडक मर्मत एवं चौडा गर्ने क्रममा विस्फोट भएको हो । सो विस्फोटक पदार्थ सशस्त्र द्वन्द्वको समयको हुनसक्ने प्रहरीको अनुमान । घटनाबारे कैलाली प्रहरीले घटनास्थलको जाँचबुझ र थप अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot