Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



फागुन १० । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहान ११ बजे बस्न लागेको बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने लगायतका विषयमा छलफल हुने जनाइएको छ।बैठकमा समसामयिक राजनीति र गठबन्धनको समीक्षा हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्